७ बैशाख २०८१, शुक्रबार
Follow Us

पञ्चकोट धाम पर्यटकीय गन्तव्यमा नपरेकोमा बाग्लुङबासीको गुनासो

sarusaru
१८ कार्तिक २०७५, आईतवार ०४:५२

सरु पौडेल ,काठमाण्डौ – संस्कृति ,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पर्यटन प्रबर्धन र विकासको लागि पहिचान गरिएका गन्तव्यहरुको नामावली सार्वजनिक गरेको छ । पर्यटकीय गन्तव्यमा परेका १०० गन्तव्यको नामावली सार्वजनिक गरेसँगै बाग्लुङमा रहेका कालीका भगवती मन्दिर साथै नयाँ विकास गरिनुपर्नेमा भकुण्डे भैरवस्थान गाजाको दह , ढोरपाटन सिकार आरक्ष र निसीखोला गाउँपालिका परेका छन् । तर अत्यन्त सुन्दर पञ्चकोट धाम पर्यटकीय गन्तव्यमा नपरेको भन्दै बाग्लुङबासीहरुले सामाजिक सञ्जालमा गुनासो पोखेका छन् । पत्रकार कोपिला कँडेलले साँसदले नै आवश्यक नदेखेका हुन् कि भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटससहित पञ्चकोटको फोटो पोष्ट गरेकी छिन् । त्यस्तै राजेशचन्द्र राजभण्डारीले सरकारको नजरमा नपरेको पर्यटकीय केन्द्र भन्दै फेसबुकमा पोष्ट गरेका छन् ।