१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वाम बुद्धिजीवी तुलाधर रहनुभएन

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०७५, आईतवार ०९:१२

काठमाडौं । बाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा उपचाररत रहँदाकै अवस्थामा आज आइतबार निधन भएको छ ।

मस्तिष्काघात भएर अस्पताल भर्ना हुनुभएका उहाँको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको उहाँको परिवारका एक सदस्यले जानकारी दिनुभयो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गर्नुभएको थियो ।

उहाँ पत्रकार तथा साहित्यकार पनि हुनुहुन्थ्यो । स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।