१३ बैशाख २०८१, बिहीबार
Follow Us

लम्साल र बरालको तिहार धमाका आज साँझ

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७५, आईतवार १९:३९

लण्डन । कलाकारद्धय कला लम्साल र बालचन्द्र बरालले तिहारको अवसर परेर बिशेष प्रस्तुति दिने भएका छन् ।
नारीहरुको महान पर्व हरितालिका तीजको रौनक दिएर चर्चा कमाएकी कला लम्साल र लोक गएक बालचन्द्र बरालले १५ नोभेम्बर बिहिवार लन्डन स्थित हिमालय क्लवमा तिहार धमाका गर्न लागेका हुने ।
लोक तथा गायिका कला लम्साल, नेपाली लोक गायन क्षेत्रमा उदाउँदो नाम हो । तनहुँमा जन्मिएकी कला हाल काठमाडौँमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । सुन्दरी गायिकाको रुपमा परिचय कलाका हजारौँ फ्यान छन् । उनी गायनमा मात्र होइन्, मोडलिङमा पनि उत्तिकै जम्छिन् ।

कलाका ९ वटा एल्बम बजारमा आइसकेको छ भने दुई दर्जनभन्दा बढी गीतहरुमा आवाज दिइसकेकी छिन् । उनले पुरुषोत्तम न्यौपानेसँग गाएको ‘तराई आँगन हिमालको छाना छ, कसले भन्यो हाम्रो देश सानो छ’ बोलको देशभक्ति गीत पनि चर्चामै रह्यो ।