१५ चैत्र २०८०, बिहीबार
Follow Us

मन्त्रीको भिसा च्यात्ने माथि कारवाही गर्न परराष्ट्र मन्त्रालयमा पत्राचार

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७५, आईतवार २१:५५

लण्डन – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायतको भिसा च्यात्ने माथि कारवाहीको लागि प्रक्रिया अगाडी बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतवार परराष्ट्र मन्त्रालयमा मुचुल्का सहित पत्राचार गर्दै दोषी माथि कारवाही गर्न सिफारिस गरेको हो ।

सोमवार देखि लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागि हुन वेलायत आउन लागेका अधिकारीको भिसामा वेलायती दूतावासको लापर्वाही गरेको कारणले भिसा रद्द भएको थियो ।

मन्त्री अधिकारीको राहदानी संकलन गर्न शुक्रवार काठमाडौंस्थित भिएचएफ कार्यालय पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारीलाई च्यातिएको र रातोमसीले क्रस गरेर भिसा थमाएका थिए ।

भिसा रद्द भएको अवस्थामा भेटे पछि यस बिषयमा यथार्थ बुझ्न मन्त्रालयका कर्मचारीले ललितपुर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले काठमाडौँ स्थित भिसा वितरक सस्था भीएचएफ गोलोवलको अफिस पुगेर मुचुल्का उतारेको थियो।

नोभेम्वर १ मा जारि गरिएको अधिकारीको भिसा किन रातोमसीले क्रस गरिएको हो भन्ने अझै प्रष्ट हुन सकेको छैन।