१३ बैशाख २०८१, बिहीबार
Follow Us

चापाकोटका मेयरमाथि कुटपिट

नेपालब्रिटेन संवाददाता
१९ कार्तिक २०७५, सोमबार ०५:५२

स्याङ्जा । चापाकोटका नगरप्रमुख शिव गिरी कालकोट जिल्लामा कुटिएका छन् । उनी नेतृत्वको नगरपालिकाको टोली स्याङ्जाबाट रारा भ्रमणका लागि निस्किएको थियो । रारा पुगेर फर्किएपछि कालिकोटको स्थानीय एक होलमा झगडा हुँदा गिरी कुटिएका हुन् ।

झगडामा घाईते गिरीको टाउकोमा चोट लागेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादु कार्कीले बताए । जिल्ला अस्पताल कालीकोटमा गिरीसँगै घाइते स्वकीय सचिव राजकुमार मल्ल, नगर प्रहरी इन्चार्ज शोभित थापा र सवारीचालक सुनिक एसकेको उपचार भईरहेको छ ।