१३ बैशाख २०८१, बिहीबार
Follow Us

भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथि पूर्वराजा ज्ञानेन्द्र शाह !

नेपालब्रिटेन संवाददाता
१९ कार्तिक २०७५, सोमबार ०९:२२

काठमाडौं । नेपाली राजनीतिमा पर्दा अगाडि थोरै र पर्दा पछाडि धेरै खेल हुन्छ । पर्दा पछाडिको खेलले नै नेपाललाई सधैं राजनीतिकरुपमा अस्थिर बनाएको जगजाहेर छ । अहिले पनि पर्दा पछाडि निकै खतरनाक खेल भइरहेको झलक देखिन थालेको छ । यस्तो खेलको एउटा संकेत भारतको चर्चित मिडिया ‘फस्ट पोष्ट’ ले खुलासा गरेको छ ।

भारतले हरेक वर्ष २६ जनवरीमा गणतन्त्र दिवस मनाउँछ । सो दिन राजधानी दिल्लीमा भव्य समारोह आयोजना गरिन्छ । सो समारोहमा विशिष्ट विदेशी पाहुनालाई प्रमुख अतिथि बनाउने गरिएको छ । यो वर्षको २६ जनवरीमा ६९ औं स्वतन्त्र दिवसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रमुख अतिथि बनाउन भारतले प्रस्ताव गरेको थियो । तर, ट्रम्पले ठाडै अस्वीकार गरेका छन् ।

ट्रम्पले भारतलाई अपमान हुने गरी निम्ता अस्वीकार गरेपछि विकल्पमा अतिथि खोज्न थालियो । विकल्पमा नेपालका पूर्व महाराजा ज्ञानेन्द्र शाहको नाममा पनि भारतीय संस्थापनको उच्च तहमा छलफल भएको ‘फस्ट पोष्ट’ले खुलाएको हो । सो अनलाइनमा भारतीय नेशनल सेक्युरिटी काउन्सिलका अध्यक्ष रहिसकेका डा. तारा कार्थले २०७५ कात्तिक १४ गते (२०१८ अक्टोबर ३१) को आफ्नो टिप्पणीमा पूर्व राजा ज्ञानेन्द्र र भारतबीच सम्बन्ध पुरै सुधारिएको, प्रगाढ बनेको तथा कुनै सहमतिमा पुगेको पनि उल्लेख गरेका छन् ।