१४ बैशाख २०८१, शुक्रबार
Follow Us

महासेनानी कुमार लामा काठमाडौंमा

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७३, मंगलवार १२:५३

काठमाडौ । नेपाली सेनाका महासेनानी कुमार लामा नेपाल आएका छन् । लामा नेपाल आउने थाहा पाएपछि उनका परिवार तथा सेनाका अधिकारीहरु समेत विमानस्थलमा उनको स्वागत गर्न पुगेका थिए ।

कर्णेल लामा आफ्नो पत्नीका साथ ३ बजे विमानस्थलको आगमन कक्षमा देखा परे । निकै हतारमा देखिएका लामालाई उनको परिवारका सदस्यहरुले खादा लगाएर स्वागत गरे । लामाले परिवारसँग छोटो कुराकानी गर्दे सामुहिक तस्वीर पनि खिचाए ।

लामासँग कुरा गर्न खोज्दा उनले कुरा नगर्ने हातले संकेत देखाउँदै लामा विमानस्थलबाट विदा भए । लामा विमानस्थलबाट सीधै सैनिक मुख्यालय जाने उनका पारिवारिक श्रोतले जानकारी दियो ।

लामालाई लिन सैनिक अधिकारीहरु पनि विमानस्थल पुगेका थिए । यद्यपि सैनिक अधिकारीहरु ‘सिभिल ड्रेस’ मा विमानस्थलमा देखिएका थिए । लामाको सुरक्षामा निकै सतर्कता अपनाइएको थियो । सकेसम्म लामा आफु नेपालमा आइपुगेको कसैलाई थाहाँ नहोस् भन्ने चाहेको जस्तो देखिन्थे ।

सुरक्षाकर्मीहरुलाई विमानस्थलको आगमन कक्ष भित्र र बाहिर खटाइएको थियो । परिवारका सदस्यहरुलाई पनि तिनै सुरक्षा अधिकारीहरुले बेलाबेलामा लामा कहाँ आइपुगेको भन्ने अपडेट गराइरहेका थिए ।
-हाम्रा कुरा