१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बस्नेतको उद्धारका लागि ‘ब्लड मनी’ सङ्कलन

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०७५, मंगलवार ०९:१७

काठमाडौं । साउदी अरबस्थित बुरैदा कारागारमा बन्दी जीवन बिताउन बाध्य सुनसरीस्थित बराहक्षेत्र नगरपालिका–२ का भुपाल बस्नेतको उद्धारका लागि हालसम्म करीब रु सात लाख सङ्कलन भइसकेको छ ।

प्रवासी नेपाली समन्वय समितिको पहलमा रु छ लाख ९३ हजार ३०४ सङ्कलन गरिएको हो । बस्नेतको उद्धारका लागि गैरआवासीय नेपाली स¬ङ्घ ९एनआरएनए आरसिसी० ले रू दुई लाख ६४ हजार २९९, गन्तव्य नेपाल नामक संस्थाले रु दुई लाख १४ हजार ७७२, नेपाली प्रवासी समाज साउदी अरबले रू ३२ हजार २३२ र प्रेम बचाउ अभियानले रू दुई लाख सहयोग गरेको उक्त समितिले जनाएको छ ।

बस्नेत २०७३ साल वैशाख १४ गते पाजु इन्टरनेशनल प्रालिमार्फत सवारी चालकका लागि पुनः साउदी अरब जानुभएको थियो । त्यहाँको ‘पानारोमा फर ट्रेडिङ इस्ट’ कम्पनीका लागि काम गर्न जाने क्रममा उहाँलाई विमानस्थलबाटै साउदी प्रहरीले गिरफ्तार गरेको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा विगत छ वर्षअघि साउदी अरबको ‘अल माजल अल अरबी ग्रुप’ कम्पनीमा आबद्ध उहाँले चलाएको गाडी सडक दुर्घटनामा पर्दा एक साउदी नागरिकको ज्यान गएको र उक्त दुर्घटनामा बस्नेतको २५ प्रतिशत गल्ती देखाउँदै साउदी रियाल ७५ हजार ३००९ करिव रू २३ लाख ५० हजार० तिर्नुपर्ने अदालतबाट फैसला भएकामा सो बापतको जरिवाना उक्त कम्पनीले जिम्मेवारी लिई बस्नेतलाई नेपाल फर्काएको थियो ।

बस्नेत नेपाल फर्किएपछि कम्पनीले बुझाउनुपर्ने रकम नबुझाएका कारण मुद्दाको कार्यान्वयन भएको थिएन । पुनः बस्नेत कामका लागि साउदी पुगेपछि त्यहाँका प्रहरीले तोकिएको जरिवाना नबुझाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको उक्त समितिले जनाएको छ । बस्नेतलाई जेलमुक्त गर्न आवश्यक रकम परिवारबाट सम्भव नभएकाले ‘ब्लड मनी’ सङ्कलन अभियान शुरु गरिएको हो ।