१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राष्ट्रपति सी जिनपीङले निकट भविष्यमै नेपाल भ्रमण गर्न सक्ने

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७३, मंगलवार १४:०९

काठमाडौं । चीनले आफ्ना राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुन सक्ने संकेत गरेको छ । बेइजिङस्थित परराष्ट्र मन्त्रालयमा आयोजित नियमति पत्रकार भेटघाटमा हिजो सोमबार प्रवक्ता लु काङले उच्चस्तरीय भ्रमणबारे चीन–नेपाल निकट सम्पर्कमा रहेको बताएका छन् । उनले राष्ट्रपति सीको भ्रमण रद्द भइनसकेको समेत बताए ।
नेपालका प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई समेत चीनले सकारात्मक रुपमा लिएको उनको भनाइ थियो । ‘नेपाल र भारत दुवै चीनका मैत्रीपूर्ण छिमेकी भएको उल्लेख गर्दै उनले छिमेकी देशहरूबीच सम्बन्ध सुदृढ भए विकास प्रक्रिया तिब्र हुने बताए । दिल्लीमा महत्वपूर्ण भेटघाट सिध्याएपछि प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण र नेपाल–भारत सम्बन्धले अर्को छिमेकी चीनसँगको सम्बन्धमा असर नपर्ने जनाएका थिए । दाहालले दिल्लीमै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने बताएका थिए ।