१५ चैत्र २०८०, बिहीबार
Follow Us

पोखराले जित्यो पीपीएल उपाधि

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०७५, मंगलवार १२:०८

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ ।

पोखरा रंगशालामा भएको फाइनलमा अन्तिम ओभरमा रोमाञ्चक जित निकाल्दै पोखराले पहिलो संस्करणको पीपीएलको उपाधि जितेको हो । चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो ।

पोखराका लागि रवि इन्दर सिंह र मोहम्मद नाभिदले विष्फोटक ब्याटिङ गरे । रविले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै ९० रन बनाए । त्यस्तै, मोहम्मद नाभिदले १४ बलमा २५ रन बनाए । पोखराका कप्तान शरद भेषावकरले २२ रन बनाए । आशिफ शेख १२ रन बनाउन सफल भए ।

बलिङतर्फ चितवनका लागि भुवन कार्कीले २ विकेट लिए । त्यस्तै, पारस, सन्नी पटेल र करण केसीले समान १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन बनाएपछि पोखराले मध्यम स्कोरको लक्ष्य पाएको थियो । चितवनका लागि कप्तान पारस खड्काले अर्धशतक बनाए । उनले ३७ बलमा ९ चाैका प्रहार गर्दै ५१ रन बनाएका थिए ।

त्यस्तै, चितवनका लागि सन्नी पटेलले विष्फोटक ब्याटिङ गरे । उनले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए । आरिफ शेख १४ रनमा अविजित रहे ।

ओपनर अनिल कुमार शाहले ३७ रन बनाएर आउट भएका थिए । चितवनका लागि कप्तान पारस खड्का र अनिलकुमार शाहले इनिङ्स सम्हालेका थिए । पहिलो विकेटको रुपमा ९ रन हुँदा हरिशंकर शाहलाई गुमाएको चितवनले ८५ रन हुँदा दोस्रो विकेटको रुपमा पारसलाई गुमाएको थियो । त्यस्तै, १ सय ३५ रन हुदा चितवनले तेस्रो विकेटको रुपमा अनिललाई गुमाएको थियो ।

पोखराका लागि कृष्ण कार्कीले २ तथा ललितनारायण राजवंशी र मोहम्मद नाभिदले समान १/१ विकेट लिए ।

पीपीएलको विजेता पोखराले ट्रफिसहित २७ लाख नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको चितवनले १० लाख नगद प्राप्त गरेको छ ।
९० रन बनाएका पोखराका रवि इन्दर सिंह म्यान अफ दि म्याच भए ।