४ बैशाख २०८१, मंगलवार
Follow Us

प्रहरी र जनताबीच अन्तरसम्बन्ध आवश्यक

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०७५, मंगलवार १२:३४

पोखरा । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा आज यहाँ आयोजित समुदायमा प्रहरी साझेदारीसम्बन्धी अन्तक्र्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले निष्ठा र इमान्दारीका साथ शान्तिसुरक्षा कायम गर्न दत्तचित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले प्रहरीले शान्ति सुरक्षा कायम गर्दै घटनाको न्यूनीकरणमा जोड दिनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जनप्रतिनिधि र प्रहरीको सहकार्यमा शान्तिसुरक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका सभापति दीपेन्द्र श्रेष्ठले मुलुक र जनताको सुरक्षाका लागि प्रहरीले अगाडि सारेको प्रत्येक गतिविधिलाई मिडिया क्षेत्रले सहयोग गर्दै आएको जानकारी दिनुभयो ।