१२ बैशाख २०८१, बुधबार
Follow Us

शंखमुलपार्क निर्माण शिघ्र सम्पन्न गर्ने एनआरएनको निर्णय

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७३, मंगलवार १७:२४

लन्डन । गैर आवासीय नेपाली संघको परोपकारी तथा मानवीय सहायता समितिको दोस्रो साइबर बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । सो समितिका संयोजक तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष्य कुमार पन्तको अध्यक्षतामा बसेकोे बैठकमा यस समितिद्धारा हाल सन्चालन भैरहेका तथा भविष्यमा हुनसक्ने परोपकारी तथा मानवीय कार्यहरुका बारेमा विस्तृत छलफल गरिएको थियो । समितिका संयोजक पन्तले परोपकारी कार्यहरुको जिम्मा परेको यस समितिको एनआरएएभित्र आफै एउटा विशिष्ट महत्व भएकोले र एनआरएनएभित्र गर्नुपर्ने धेरै परोपकारी कार्यहरु रहेकाले यस समितिले आगामी दिनहरुमा अझ सशक्त रुपमा काम गर्नुपर्ने कुरामा जोड दिएका थिए । सदस्य सचिव रामशरण सिंखडाद्धारा सन्चालित बैठकले हाल बन्दै गरेको शंखमुल पार्कका बारेमा विभिन्न महत्वपुर्ण निर्णहरु गरेको छ । शंखमुल पार्कको निर्माण कार्य यही सेप्टेम्बर १ तारिखबाट शुरु भैसकेको र सो ऐतिहासिक र नेपाल सरकारको समेत उच्च चासो रहेको यस परियोजनालाई शिघ्र सम्पन्न गर्नका लागि बैठकले केही जिम्मेवारीहरु तोकेको छ । ghat-areaपार्कका लागि विश्वभरबाट प्रतिबद्धता गरिएको केही रकम अझै उठ्न बांकी रहेकाले यसअघि उठ्न बांकी तथा भविष्यमा प्रतिबद्धता गरिएको रकम संकलनका लागि एनआरएनए युकेका आइसिसि सदस्य तथा समितिका सदस्य संगीता मरहट्टालाई बैठकले संयोजक तोकेको छ । शंखमुल पार्कका लागि थप आर्थिक सहयोग जुटाउन अमेरिकाका गौरी जोशी संयोजक तथा बेलायतका विजन भट्ट सह संयोजक रहने गरी एक कमिटि बिस्तार गरिने निर्णय समेत बैठकले गरेको छ । त्यसैगरी परोपकार तथा मानवीय सेवा समितिले एनआरएनएले भुकम्प पिडीतहरुका लागि बनाउन लागिरहेको एक हजार घर निर्माणमा पनि सक्रिय सहयोग गर्नु आवश्यक देखिएकोले पुनर्निर्माणका लागि समेत सोही कमिटिले रकम संकलन गर्ने निर्णय बैठकमा गरिएको छ । circular-landscape गैर आवासीय नेपाली संघको विधानमा उल्लेख भए अनुसार एक एनसिसि एक परियोजना बमोजिम हरेक एनसिसिले कल्याणकारी परियोजनाहरु अघि बढाईरहेका छन् वा छैनन् भन्ने कुराको अनुगमन समेत यस समितिले राख्ने भएको छ । सो अनुगमनका लागि यस कार्यदलका सदस्य तथा एनआरएनए युकेका आइसिसि सदस्य कृष्ण तिमिल्सिनालाई जिम्मेवारी तोकिएको छ ।

pond
बैठकले इ लाइब्रेरीका बारेमा पनि छलफल गरेको थियो । यस समितिले आगामी दिनहरुमा एउटा बिशेष खालको परोपकारी परियोजना अघि बढाउने सोच राखेको जानकारी पनि बैठकमा गराईएको थियो । बैठकमा कार्यदलका संयोेजक कुमार पन्त, सदस्य सचिव रामशरण सिंखडा, अमेरिका सहसंयोजकद्धय बाला घिमिरे र हरिबोल भन्डारी, अमेरिका क्षेत्रीय संयोजक कृष्ण लामिछाने तथा सदस्यहरु प्रतीक पान्डे, रामजीवि पन्त, जीव बेल्बासे, संगीता मरहट्टा, कृष्ण तिमिल्सिना, बिजन भट्ट, राजन त्रिपाठी र गौरी जोशी सहभागी थिए ।