१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भैलोको पैसाबाट बालबालिकाले वनाए खरबाङमा प्रतिक्षालय

sarusaru
२४ कार्तिक २०७५, शनिबार ०५:२९

खरबाङ – बडिगाड गाउँपालिका-२, खर्वाङको विच वजारमा निर्मित प्रतिक्षालयको विहिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । प्रतिक्षालयको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले युवाहरुलाई संस्कृति संरक्षणसँगै विकास निर्माणमा सहयोग गर्न आग्रह गरे । रिभर साइड गर्लस् समुह बडिगाड २ खर्वाङले देउसी भैलो कार्यक्रमवाट उठाएको रकमवाट सो प्रतिक्षालय निर्माण हुनु निकै सुखद् भन्दै उपप्रमुख भुसालले सवै भैली संस्कृति संरक्षणसंगै विकासमा जोडिनुपर्ने वताए ।
कार्यक्रममा खर्वाङ वजार व्यावस्थापन समितिका अध्यक्ष टंक भुजेल, दगातुन्डाडा सिकाई केन्द्रका अध्यक्ष कृष्ण प्रसाद खरेल, उद्योग वाणिज्य संघ खर्वाङका अध्यक्ष खगिश्वर अर्याल, मिलन कृषि व्यावसायीक सहकारी संस्थाका अध्यक्ष दिन वहादुर केसि लगाएतले शुभकामना मन्तब्य राख्दै भैलोबाट संकलित रकमले वालवालिकाले राम्रो कामको उदाहरण पेश गरेको वताए ।

कार्यक्रम गर्लस् समुहका अध्यक्ष सुनिता कार्किको अध्यक्षता, उपाध्यक्ष प्रतिक्षा जिसिको स्वागत मन्तव्य र सचिव वर्षा भुजेलको संचालनमा सम्पन्न भएको थियो । वालिकाहरुको सो समुहले गत वर्षको भैलोवाट संकलन गरेको रु. ५० हजार र ६५ हजार ऋण सापट गरी कुल १ लाख १५ हजारको लागतमा सो प्रतिक्षालय निर्माण गरेका हुन् । यस वर्षको देउसीवाट सो रकम तिर्ने योजना रहेको समुहका अध्यक्ष सुनिता कार्कीले वताईन । सो समुहमा विद्यालय उमेरका वालिकाहरु मात्रै संगठित रहेका छन् ।