१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बागलुङ समाज बेलायतमा छविमाया

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०७५, शनिबार १९:१३

लण्डन । बागलुङ समाज बेलायतमा नयां कार्यसमिति चयन भएको छ । फार्नबरो कम्युनिटी सेन्टर, फार्नबरोमा सम्पन्न समाजको चौंथो अधिवेसनले छविमाया पुनको नेतृत्वमा नयां समिति चयन गरेको हो ।

उपाध्यक्षहरुमा धन बुढाथोकी, खडक थापा र भोजराज कंडेल चुनिएका छन् । महासचिव मित्र थापा, सचिव शेर बहादुर पुन, कोषाध्यक्ष हरि घर्ति र सहकोषाध्यक्ष हिरा पुन चयन भएका छन् । त्यसैगरी, सांस्कृतिक सचिव अशोक बुढाथोकी, मिडिया सचिव जंग पुन, सहमिडिया सचिव याम श्रेष्ठ , वेब मास्टर नन्द पुन, महिला संयोजक क्रिस्टिना छन्त्याल, महिला सहसंयोजक प्रेरणा खड्का, नौमती बाजा संयोजक भिम थापा र नौमती बाजा सहसंयोजक तिर्थ शाही छन् ।

धन कुंवरको नेतृत्वमा रहेको निर्वाचन समितिले नयां कार्यसमितिको निर्वाचन प्रक्रिया सञ्चालन गरेको थियो ।

यसअघि समाजका अध्यक्ष दिपक कुमार काउचाको सभापतित्वमा सम्पन्न अधिवेसनकोे पहिलो सत्रमा समाजले गत ३ वर्षमा गरेका गतिविधि समेटेर प्रगति विवरण सदस्यहरुमाझ प्रस्तुत गरिएको थियो ।

समाजका भावी योजना तथा चुनौति लगायतका महत्वपुर्ण एजेन्डाहरुमा छलफल समेत भएको थियो । उक्त कार्यक्रम समाजका महासचिव खड्क थापाले संचालन गरेका थिए ।