१२ बैशाख २०८१, बुधबार
Follow Us

अमेरिकामा छक्का पञ्जा–३ ले बनायो नयाँ रेकर्ड

sarusaru
२५ कार्तिक २०७५, आईतवार ०६:५२

अमेरिका । यति बेला नेपाली सिने क्षेत्रमा चलचित्र छक्का पञ्जा–३ ले एक पछि अर्को रेकर्ड बनाउँदै गएको छ।

देशभित्र मात्र नभई विदेशमा पनि चलचित्र छक्का पञ्जा–३ को माग थेगी नसक्ने गरि बढेको छ। नेपाली चलचित्रको सबै भन्दा ठूलो बिदेशी बजार मानिने संयुक्त राज्य अमेरिकामा छक्का पञ्जा-३ ले अपेक्षा गरे भन्दा बढीको व्यापार गरिरहेको छ।

अमेरिकामा यस अघि रिलिज भएका छक्का पञ्जा, छक्का पञ्जा–२ र लूट–२ को तीन हप्ता सम्म चलेको रेकर्ड रहेको थियो भने अब यो रेकर्डलाई छक्का पञ्जा–३ ले तोडेको छ। नेपालीहरुको बाक्लो बसोबास हुँदै गरेको अमेरिकाको डालस टेक्सासमा अहिले छक्का पञ्जा–३ ले बिदेशी भूमीमा लगातार १ महिना चल्ने पहिलो नेपाली चलचित्र बनी नयाँ रेकर्ड बनाएको छ।

चलचित्रले हालसम्म डालसमा मात्रै ६४ शो को सफल प्रदर्शन गरिसकेको छ भने अझै प्रदर्शन रहने जानकारी डालसका लागी अधिकारिक वितरक नेप्सिने र प्लानेट थ्री फिल्मस्ले जनाएको छ।

डालसका लागी आधिकारक वितरक एवम् गत वर्ष ग्लोबल नेपाली फिल्म अवार्डमा उत्कृष्ट डाइसपोरा वितरकको अवार्ड हात पार्न सफल कम्पनि नेप्सिनेका सीइओ रायन रेज भन्छन्, चलचित्र छक्का पञ्जा–३ को सफलताले हामी नेपाली चलचित्र प्रदर्शकलाई नयाँ हौशला मिलेको छ र निकट भविष्यमा यसले नेपाली चलचित्रको बिदेशी बजारमा दिर्घकालिन प्रभाव पार्ने छ।

यो रेकर्ड संगै अब भने नेपाली चलचित्रले देश भित्र मात्र नभई बिदेशी भुमिमा समेत प्रभाव बढाएको छ। दिपाश्री निरौलाद्वारा निर्देशित चलचित्र छक्का पञ्जा–३ मा दिपक राज गिरी, केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, निर शाह, बुद्दि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्र छक्का पञ्जा–३ लाई अमेरिकामा फ्युजन इन्टरनेशनल, प्लानेट थ्री फिल्मस् र कोशेली इभेन्ट्स म्यानेजमेन्ट कम्पनिले अधिकारिक रुपमा बितरण गरेका हुन्।
डिसी नेपाल