१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कोलोराडोमा लक्ष्मी जयन्ती संगै साहित्यकार डा.शिलु सम्मानीत

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७५, आईतवार १९:१५

नातिबाबु भट्ट ।

कोलोराडो । कोलोराडोमा ११० औं लक्ष्मी जयन्तिको अवसरमा कवी गोष्ठी संगै प्रवासमा रहेर निरन्तर नेपाली भाषा र साहित्यमा कलम चलाउने साहित्यकार डा.शिलु घिमिरे न्यौपानेलाई एक समारोह बिच सम्मान गरिएको छ ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा शनिबार सम्पन्न कवि गोष्ठि तथा श्रष्टा सम्मान समारोहमा, कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कवि, कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थितीमा साहित्यकार डा.शिलुलाई सम्मान गरिएको हो ।
महाकवी देवकोटाको फोटोमा मल्यार्पण गर्दै सुरु गरिएको कार्यक्रममा स्वयं देवकोटाको हात सुमसुम्याउने अवशर पाएका साहित्यकार रत्नकाजी तुलाधर, बरिष्ट साहित्यकार तथा गीतकार ज्ञानेन्द्र गदाल लगायतका बक्ताहरुले महाकवी देवकोटाले नेपाली साहित्य क्षेत्रमा दिएका योगदानको चर्चा गरेका थिए । त्यसैगरी गायीका उषाकिरण अधिकारीले देवकोटाको मुनामदनबाट उदृत गरिएको गीत “ईश्वर तैले रचेर त्यसै कसरी बिगारिस” र मनोजकाजी तुलाधरले “कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो” भन्ने देबकोटाको यात्री कवीताको गीतगाई उहा प्रती श्रद्धा सुमन अर्पण गरेका थिए ।
“हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दि मनले” देबकोटाले त्यो जमनामा मुनामदन मार्फत उल्लेख गरेका सामाजिक संन्देशहरु आजसम्म पनि जस्ताको तस्तै समय सान्दर्भिक रहेको छ । उनका मुनामदन, शकुन्तला, कुञ्जीनी जस्ता अमरकृतीहरुले नेपाली भाषा साहित्यमा अहिलेपनि महत्वपूर्ण टेवा दिईरहेका छन् ।
त्यसैगरी सोही कार्यक्रममा प्रवासमा रहेर निरन्तर नेपाली भाषा र साहित्यमा कलम चलाउने साहित्यकार डा.शिलु घिमिरे न्यौपानेलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल, बरिष्ट साहित्यकार तथा गीतकार ज्ञानेन्द्र गदाल, महासचिव श्याम श्रेष्ठ लगायतका महानुभावहरुले फुलको माला लगाई दिई सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए । सम्मानित व्यक्तित्वले नेपाली भाषा साहित्य क्षेत्रमा पु¥याएको योगदानको बारेमा साहित्यकार ज्ञानेन्द्र गदालले प्रकाश पारेका थिए । काठमाडौको रत्नराज्य क्याम्पसबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर पछि अध्यानको सिलसिलामा प्रवास लागेकी शिलुले साहित्यमा बिद्यावारिधी गरिसकेकी छिन् । शिलुका मन्थन, परदेशको देशमा, पीआरको पीर जस्ता आधा दर्जन भन्दा बढी सृजनाहरु सार्वजानिक भैसकेका छन् ।
आयोजक संस्थाका अध्यक्ष कृष्णमुरारी ढु¨ेलको अध्यक्षतामा तथा सम्मानित ब्यक्तित्व डा.शिलु घिमीरे न्यौपानेको प्रमुख आथिथ्यतामा सम्पन्न कार्यक्रममा महासचिव श्याम श्रेष्ठले उपस्थित सबैलाई स्वागत गरेका थिए भने, संस्थ्ँँका सल्लाहकार कुमारजंग कार्किले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा सम्मानित शिलुले आफुलाई सम्मानगर्ने संस्थालगायत कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद दिदै, आÏनो साहित्य यात्राका अनुभवहरु प्रस्तुत गरेकी थिईन् , भने ज्ञानेन्द्र गदाल, कृष्णमुरारी ढुङ्गेल, कुमारजंग कार्की लगायतका कवी कवयत्रीहरुले रचना प्रस्तुत गरेका थिए ।
मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा कवि गोष्ठी तथा श्रष्टा सम्मान कार्यक्रम हुदै आएको छ ।