१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अब कमाइको १० प्रतिशत आमाबालाई दिनुपर्ने

नेपालब्रिटेन संवाददाता
२६ कार्तिक २०७५, सोमबार ०४:३०

काठमाडौं । तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ ? अनि आमाबाको लालनपालनको दायित्वबाट पन्छिनुभएको त छैन ? अब भने कानुनले नै तपाईलाई जिम्मेवार बनाउँदै छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनुपर्ने प्रावधानसहितको कानुनको तयारी हुँदै छ । मासिक रुपमा आमाबाको बैकं खातामा रकम दाखिला गर्नुपर्ने प्रावधान राख्न लागको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले बताए ।