१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२६ कार्तिक २०७५, सोमबार ०४:३२

उदयपुर । वनभोज गएर फर्किएका यात्रु सवार ट्याक्टर दुर्घटना हुँदा उदयपुरमा तीनजनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । उदयपुरको बेलका नगरपालिका आठ तपेश्वरी जङ्गलस्थित रङ्गमहल कोशीटप्पु क्षेत्रमा स १ त ५८५० ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा बेलका नगरपालिका २ भागपुर बस्ने १९ वर्षीया बिनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दिपीका चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका ३४ जनाको धरानस्थित बिपी मेमोरियल अस्पतालमा उपचार भैरहेको छ ।

आइतबार विहान कोशी टप्पुमा वनभोज गएकाहरु साँझ फर्कने क्रममा सप्तकोशी रङ्गमहलको जङ्गलमा सडकबाट तल खसेर दुर्घटनमा परेको हो । दुर्घटनामा पर्नेहरु सबै बेलका नगरपालिका दुई भागलपुरवासी रहेका छन् । उनीहरु तिहारमा देउसी खेलेर संकलन भएको रकमले वनभोज खान गएका थिए ।