१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतीय नागरिकद्वारा बालिकामाथि सामुहिक बलात्कार

नेपालब्रिटेन संवाददाता
२६ कार्तिक २०७५, सोमबार ०४:३४

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकामा भारतीय नागरिकवाट एकनेपाली बालिका सामुहिक बलात्कृत भएकी छिन् । नेपाल भारतको सिमा क्षेत्र नजिकै बाख्रा चराउन गएको वेला भारतिय तीन जनाको समुहवाट एघार बर्षिय बालिका हिजो अपरान्ह बलात्कारको सिकार भएकी हुन् ।

रुँदै घर आएकी बालिकाले आमालाई घटनाबारे जानकारी गराएपछि गाउँलेले घटनाबारे प्रहरीलाई खबर गरेका थिए। जानकारी पाए लगत्तै खटेको प्रहरीले बलात्कारमा संलग्न दुई किशोरलाई गएराति पक्राउ गरेको छ ।

घटनामा संलग्न भएको आरोपमा भारत उत्तरप्रदेशको बहराईच मोतिपुरका १५ र १६ बर्षका दुई किशोर पक्राउ परेका छन् । प्रहरी घटना घटेको एक घण्टा भित्र आरोपी दुई जनालाई पक्राउ गर्नसफल भएको भएको हो ।