१२ बैशाख २०८१, बुधबार
Follow Us

छठ पर्वको आज दोस्रो दिन, खराना मनाइँदै

नेपालब्रिटेन संवाददाता
२६ कार्तिक २०७५, सोमबार ०४:३८

काठमाडौं । छठपर्वको आज दोस्रो दिन खरना मनाइँदैछ । आजको दिन ब्रतालुहरुले दिनभर ब्रत बसी साँझपखसख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइएको खीरलाई ब्रतालुले व्रतीले प्रसादको रूपमा ग्रहण गर्ने गर्छन् ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ । छठ पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ ।

पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठ पर्व अहिले काठमाडौँ, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ । परिवारबाट टाढा–टाढा बसेका व्यक्तिहरू पनि छठ पर्व मनाउन आफ्नो घर फर्कने गर्दछन् । तराईका जिल्लामा छठ पर्वको रौनक बढेको छ ।