७ बैशाख २०८१, शुक्रबार
Follow Us

चक्कु हानी आफ्नै श्रीमतीको हत्या

नेपालब्रिटेन संवाददाता
२६ कार्तिक २०७५, सोमबार ०८:०६

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं १० कपनमा आइतबार राति एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । परपुरुषसँग सम्बन्ध रहेको आरोप लगाउँदै विवाद बढेपछि खोटाङ घर भई कपनमा बस्दै आएका ४० वर्षीय सुवास राईले राती ११ बजे श्रीमती ३५ वर्षीया प्रमिला राईलाई अन्धाधुन्ध चक्कु प्रहार गरेपछि प्रमिलाकाे मृत्यू भएकाे हाे ।

उपचारका लागि अस्पताल लैजाँदै गर्दा प्रमिलाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना भए लगत्तै सुवासलाई राती नै प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई हाल बौद्ध प्रहरी वृतमा राखिएको छ । प्रारम्भिक अनुसन्धानमा सुवासले प्रमिलामाथी दिनहुँ परपुरुष सम्बन्धको आशंका गर्दै विवाद गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरुको ६ वर्षीय छोरा छन् ।