१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा बस्ने नेपालीहरुको नागरिकताको माग पुरा हुन्छ: उपसभामुख तम्वाहाम्फे

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७५, सोमबार २२:५९

दिनेश कुमार परियार । लण्डन ।

बेलायत भ्रमणका क्रममा उपसभामुख शिवमायाँ तुम्वाहाम्फेले सबै किरातीहरुमा एक हुन जोड दिनुभएको छ ।

किरात धर्म तथा साहित्य उत्थान संघ बेलायतले आईतबार फार्नबरोमा आयोजना गरेको १३४औं महागुरु फाल्गुनन्द जयन्ती समारोहमा उहाँले किराँत समुदायको पहिचानका लागि एकताका साथ अघि बढन आग्रह गर्नुभयो ।

उहाँले राजनीतिक स्थिरता कायम भएकोले काम गर्न सजिलो भएको भन्दै नागरिकताका सवालमा बेलायती नेपालीहरुको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा एनआरएनएका अध्यक्ष योग फगामीले प्रवासमा कला संस्कार संस्कृतिको लागि आफनो पहिचान कायम गर्ने नयाँ पुस्ताको उपस्थिति महत्वपुर्ण भएको बताए ।

कार्यक्रममा मुन्धुम गायक ब्रबिम शेर्माले मुन्धुम र मांगेनाको चर्चा गरे । किराँत याक्थुंग चुम्लुंग युकेका अध्यक्ष तिल बिक्रम संम्वाहाम्फेले फाल्गुनन्दको जयन्ती मनाउनु सकारात्मक काम भएको चर्चा गरे ।

कार्यक्रममा किराँत मांगहिमको निर्माणको लागि बिश्वासदीप तिगेलाले एकतोला सुन प्रदान गर्नुभएको थियो भने लिम्बु समुदायका उच्च शिक्षा हासिल गर्ने बिद्याथीहरुलाई प्रंशसापत्र पनि प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष राम कुमार सिंथेबेको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सचिव लाल लिंगदेनले संचालन गरेका थिए ।

यसअघि महागुरुलाई सम्झने क्रममा विश्व शान्ति तथा मानव एकताको लागि सेवापूजा तथा माङ्लाङ नाच नाचिएको थियो ।