१२ बैशाख २०८१, बुधबार
Follow Us

अस्ताउँदो सूर्यलाई अर्घ दिइ हर्षोल्लासका साथ छठ मनाइँदै

नेपालब्रिटेन संवाददाता
२७ कार्तिक २०७५, मंगलवार ०६:००

काठमाडौं । छठको मुख्य दिन आज बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा अर्चना गरिँदैछ । अर्घ सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा, मिठाइ, गेडागुडी र विभिन्न वनस्पति राख्ने परम्परा रहेको छ । आजको दिनलाई मूल दिन पनि भनिन्छ ।

आज बिहानदेखि गहुँ एवं चामलको शुद्ध पिठोबाट ठेकुवा, पुरी एवं भुसुवा बनाईन्छ । घर मै एक पटक पुजा गरेपछि ती सबै सामग्री ढाकीमा राखेर छठको गीत गाउँदै स्नानका लागि पोखरी वा नदी किनारमा जाने चलन छ । त्यसपछि अस्ताइरहेको सूर्यतर्फ मुख फर्काइ जलाशयमा पूजा गरिन्छ ।

चौथो तथा अन्तिम दिन बुधबार बिहान ब्रतालुसहित सम्पूर्ण परिवार जलाशय किनारमा पुजन सामग्रीसहित भेला हुन्छन् र उदाइरहेको सूर्यलाई सम्पूर्ण पुजन सामग्रीसहित अर्घ दिएपछि यो पर्वको समापन हुन्छ । छठको पूजा गरेमा सन्तान प्राप्ति, सन्तानको दीर्घायु, कुष्टरोगबाट मुक्ति लगायत सबै चिताएको फल मिल्ने जनविश्वास रहि आएको छ ।