१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सोडारी पदमुक्त

नेपालब्रिटेन संवाददाता
२७ कार्तिक २०७५, मंगलवार ०९:३१

काठमाडौं । आफै सवार गाडीले मोटरसाइकल चालकलाई ठक्कर दिएर भाग्न खोजेपछि विवादमा परेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी पदमुक्त भएका छन्।

प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई पदमुक्त गरेका हुन्। मुख्यमन्त्रीको कार्यालयले यसबारे औपचारिक जानकारी दिएको छैन। उनलाई पार्टीले फिर्ता बोलाएको मात्र बताइएको छ। तत्कालीन नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका उनीमाथि जुवाडे छुटाउन प्रहरीलाई दवाव दिएको आरोपसमेत छ।

कार्तिक २३ गते राति ९ बजे उनी चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसपछि घाइतेलाई उपचार गराउने प्रयासतिर नलागी भाग्न खोज्दा स्थानीयले रोकेका थिए। कैलालीको गौरीगंगा नगरपालिका – ८ बडैपुरामा उक्त घटना भएको थियो।

उनी सवार बा २ झ २१२५ नम्बरको गाडीले विपरित दिशाबाट आउँदै गरेको से ३ प २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट मोटरसाइकल चालक बडैपुरका स्थानीय २५ वर्षीय सुरेन्द्र चन्द र त्यसमा सवार २२ वर्षीय भरत बोहरा घाइते भएका थिए। दुवैको उपचार जारी छ ।