८ बैशाख २०८१, शनिबार
Follow Us

ठगी गर्ने श्रीमान श्रीमती नै पक्राउ

नेपालब्रिटेन संवाददाता
२७ कार्तिक २०७५, मंगलवार ०९:३५

काठमाडौ । विदेशी ब्रान्डका उत्पादनको नाममा नक्कली सामग्री उत्पादन गरेर ठगी गर्दै आएको एक कम्पनीमा प्रहरीले छापा मारेको छ । बहुराष्ट्रिय कम्पनीको उत्पादन हेड एन्ड सोल्जर लगायतका सामग्री उत्पादन गर्ने नक्कली कम्पनीमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलवार छापा मारेको हो।

छापा मार्ने क्रममा कम्पनीमा नक्कली कस्मेटिक ब्रान्डका सामाग्री फेला परेको परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामाले जानकारी दिए। ‘विभिन्न ब्रान्डको नाममा नक्कली सामाग्री फेला परेको हो’ उनले भने ‘थप अनुसन्धान भइरहेको छ । श्रीमान श्रीमती मिलेर विदेशी ब्रान्डका बस्तु उत्पादन गर्ने गरेको भेटियो ।’ प्रहरीले श्रीमान श्रीमती दुवैलाई नियन्त्रणमा लिएको छ। उनीहरुले विएमसी मसलाको नाममा समेत मसला उत्पादन गर्ने गरेको देखिएको छ।