८ बैशाख २०८१, शनिबार
Follow Us

प्रेमीसँग मिलेर श्रीमानको हत्या

नेपालब्रिटेन संवाददाता
२७ कार्तिक २०७५, मंगलवार १२:२८

मोरङ । प्रेमीसँग मिलेर एक महिलाले आफ्नै श्रीमानको हत्या गरेको गरेकी छिन् । मोरङको सुनवर्षी नगरपालिका ३ कि ३० बर्षकी फुलमुनी हेमरमले ४५ बर्षका पति सोही हेमरमको हत्या गरेकी हुन् ।

फुलमुनीको मदन मुर्मुसँग प्रेम सम्बन्ध रहेको थाहापाएपछि उनीहरुबीच केही समयदेखि झगडा हुँदै आएको थियो । गत कात्तिक २४ गते पनि विवादले चर्को रुप लिएपछि फुलमुनीले पिर्काले प्रहार गरेकी थिइन् । पिर्काले कन्चटमा लागेपछि लडेका सोहीलाई मदन र फुलमुनीले मिलेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।

हत्या भएको खबर पाएपछि पुगेको प्रहरीले फुलमुनीलाई घरबाट नै पक्राउ गरेको थियो भने २६ बर्षका प्रेमी मदनलाई सुनबर्षी ३ अन्तरगत बक्राहा खोलाछेउमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कन्चटमा पिर्काले लागेपछि लडेका सोहीको घाँटी मदनले तकियाले थिचेका थिए भने पत्नी फुलमुनीले खुट्टा समाएर हत्या गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।

घरमा सुतेको व्यक्त्ति ओच्छ्यानमै मृत फेला परेको खबर आएपछि पुगेको प्रहरीले फुलमुनीलाई घरबाट नै नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका दुबैजनाले हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीले दुवैलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट सोमबार म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।