४ बैशाख २०८१, मंगलवार
Follow Us

सुपथ पसलमा घण्टौ लाइन

sarusaru
२८ कार्तिक २०७५, बुधबार ०३:३०

बागलुङ — जिल्लाको तित्याङबाट बागलुङ बजारमा नुन चिनी लिनको लागि आएकी रेनु सुवेदी सोमबार बिहान ११ बजे लाईनमा पुगीन् । साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय बागलुङले सञ्चालन गरेको शुपथ मुल्यको पसलमा लागेको लाईनमा झण्डै डेढ घण्टा बिताएपछि उनले ६ किलो चिनी र ३ किलो नुन पाईन् । लामो समय लाईनमा बस्दा थोरै कठिन महशुस भएको भएपनि बजारमा पाईने मुल्यभन्दा सस्तो मुल्यमा नुन चिनी किन्न पाएकाले उनि खुसी देखिन्थीन् । लाईनबाट निस्किँदा उनको मुहारमा निकै खुसी छाएको देखिन्थ्यो । मुल्य मिलाएर दैनिक प्रयोग हुने नुन र चिनी पाईएकाले धेरै नुन चिनी खरिद गर्ने उनको सोच थियो तर कर्पोरेशनले सिमित मात्रामा नुन चिनी दिने भएकाले उनले सोचेको जति खaxरिद गर्न भने पाईनन् । उनी जस्तै बागलुङ, पर्वत र म्याग्दीमा बिभिन्न ठाउँबाट शुपथ मुल्यको पसलमा आएका उपभोक्ताको निकै ठुलो भिड लागेको थियो । घण्टौं लाईनमा बसेर मात्रै शुपथ मुल्यको नुन चिनी पाईने सुनेकी उनले एक डेढ घण्टाको बसाईलाई समान्य रुपमा लिएको बताईन् । कर्पोशनले प्रहरीसँग सहयोग मागेर लाईन व्यवस्थापनको जिम्मा लगाएको थियो । बृद्धबृद्धादेखी तन्नेरीसम्म लाईनमा बसेका देखीन्थे । चाडपर्वको समय मिलाएर साल्ट टे«डिङले सञ्चालनमा ल्याएको सुपथ मुल्यको पसलमा सुरुको दिन देखीनै उपभोक्ताहरुको भिड लागेको थियो । अन्तिम समय भएकाले सोमबार नुन चिनी लिन आउनेको संख्या थप बृद्धि भएको डिपो कार्यालय बागलुङका प्रमुख मनोज कुमार श्रेष्ठले बताए ।

पसलबाट प्रतिकिलो चिनी ६९ रुपैयाँ र नुन १८ रुपैयाँमा उपलव्ध गराईएको श्रेष्ठले जानकारी दिए । स्थानीय बजारमा भन्दा चिनीमा ६ रुपैयाँ र नुनमा ४ रुपैयाँ सस्तो भएकाले उपभोक्ताको भिड लागेको श्रेष्ठले बताए । ‘हामीले हरेक बर्ष शुपथ मुल्यको पसल सञ्चालन गर्दै आएका छौं’ श्रेष्ठले भने ‘हरेक बर्ष चाडपर्वको समयमा पसल सञ्चालन हुने भएकाले उपभोक्तालाई सबै जानकारी छ, उहाँहरु तयारीका साथ आउने गर्नुभएको छ ।’ एकै व्यक्तिलाई दोहो¥याएर नदिएको भएपनि एकै परिवारका दुई तिन जना सम्मले शुपथ मुल्यको पसलको नुन चिनी लगेको हुन सक्ने अनुमान कार्यालयले गरेको छ । ‘बजारमा भन्दा ६ रुपैयाँ सस्तो हुँदा नुन चिनी लिन लाईन लाग्नेहरुको भिड छ’ श्रेष्ठ भन्छन्– ‘शुपथ मूलयका कारण एक दुई घण्टको लाईन बसाईलाई उपभोक्ताले आँफै मिलाएका छन् ।’ चाडपर्वको बेला बजारमा हुने महंगीको चर्को मारमा परेका उपभोक्तालाई शुपथ मुल्यको पसलले धेरै राहत दिएको श्रेष्ठले दाबी गरे । ६ किलो चिनी र ३ किलो नुन एकमुष्ठ बिक्री हुने भएकाले सोही अनुसारको खुद्रा पैसासहित उपभोक्ता आउने गरेको कार्यालयले जनाएको छ । बागलुङ डिपोबाट गत असोज २१ गतेदेखी हालसम्म नुन ८ हजार ३ सय ४० किलो बिक्री भएर १ लाख ५० हजार १ सय ८० रुपैयाँको कारोबार भएको छभने चिनी १० हजार ५ सय ६८ किलो बिक्री भएर ७ लाख १८ हजार ६ सय २४ रुपैयाँको कारोवार भएको डिपो प्रमुख श्रेष्ठले जानकारी दिए । धौलागिरीमा एक मात्रै केन्द्रमा सञ्चालनमा रहेको पसलबाट हालसम्म २ हजार ८ सय ४२ जनाले नुन चिनी खरिद गरेका छन् । पसल आगामी कात्तिक २८ गतेसम्म मात्रै सञ्चालन हुने छ ।
जनमञ्च