१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पेरिसमा गोरखाली देउसी-भैली

नेपालब्रिटेन संवाददाता
२८ कार्तिक २०७५, बुधबार ०५:०९

पेरिस । पेरिसको ब्यस्त जीबन चर्याको बाबजुद पनि गोरखाली समाज फ्रान्सले आफ्नो स्थापना कालको ८/९ महीना भित्रमा तेश्रो र भब्य कार्यक्रमको रुपमा देउसी-भैली संम्पन्न गरेको छ । ११ नोभेम्बर आइतबारका दिन गोरखाली देउसी भैलो कार्यक्रम संस्थाका उपाध्यक्ष रामेश्वर श्रेष्ठको घरमा सम्पन्न गर्यो । गोरखाली समाजले कार्यक्रममा सबै नेपाली संघसंस्था लगायत फ्रान्सवासी नेपालीहरुलाई निमन्त्रणा गरि पहिलो पटक पेरिसमा गोरखाली देउसी भैलो कार्यक्रम सम्पन गरेको हो । तिहार बिशेष बिभिन्न नेपाली खानेकुरा, भैलीनीहरुको देउसिरे गित र नाचगानका साथ कार्यक्रम भब्य र सफल भएको थियो।

हाम्रा बिबिध चाड पर्ब, कला संस्कृतिको जगेर्ना पनि गर्ने र संस्थाको आपतकालीन कोषमा आर्थिक संकलन गर्ने उद्देस्यले आयोजना गरेको उक्त कार्यक्रममा लगभग १५१० युरो संकलन गर्न सफल भएको संस्थाका कोषाध्यक्ष नानु देवकोटाले जानकारी दिनुभयो । कार्यक्रममा एन आर एन ए फ्रान्सका संस्थापक अध्यक्ष तथा गोर्खाली सामाज फ्रान्सका अभिभावक हरिहर अर्याल, सल्लाहकार एवं एकता समाज फ्रान्सका पूर्व अध्यक्ष सुक गुरुङ, सल्हाकार एवं एनआरएनए फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्याल, एनआरएनए फ्रान्सका पूर्व उपाध्यक्ष हरि सापकोटा, एन आर एन फ्रान्सका अन्तरास्ट्रिय समन्व परिषदका पूर्व सदस्य मिन जी सी, नेपाली साँस्कृतिक गृहका अध्यक्ष हेमन्त उपाध्याय, नेपाली एकता समाज फ्रान्सकी महासचिब डोल्मा तामांग, तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्तिथिती रहेको थियो ।

गोरखाली समाज साँस्कृतिक समूहका सुजन बानिया, सुजन राज भट्ट, रोशनी हमाल बानिया र कुल ब. लामा तथा साथीहरुको बेजोड देउसी भैलो तथा साँस्कृतिक प्रस्तुती रहेको थियो। कार्यक्रम संचालन संस्थाका महासचिब राजेन्द्रबाबु श्रेष्ठले गर्नुभयको थियो। भने खाना र मिठाई बनाई उपहार स्वरूप सहयोग गरनेमा शुभद्रा श्रेस्ठ, संजीब देबकोटा, दीपक मगर, सुजन भट्टराई, रवीना सिंखड़ा, सामुन राई सुक गुरुंग परिवार हुनुहुन्थ्यो । कार्य ब्यस्तताले उपस्थित हुन असमर्थ भएको कुरा राजदूत लुइटेलले र नियोग उपप्रमुख भट्टराईले जानकारी गराउनु भएको थियो । भने एनआरएनए फ्रान्सका आईसीसी सदस्य सुबर्ण बिक्रम हमालले भने आफू अनुपस्थित भए पनि भैलीलाई दक्षिणा सहयोग पठाउनु भएको थियो ।