१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘सिन्की अचार’मा अञ्जलीको दमदार नृत्य

नेपालब्रिटेन संवाददाता
२८ कार्तिक २०७५, बुधबार ०५:३०

काठमाडौं । चलचित्र ‘गोर्खे’को दोश्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘सिन्की अचार’ बोलको गीतमा अञ्जु पन्त र आर.सी. रिमालको स्वर छ । नग्वा फिञ्जु पाख्रिनको शब्द तथा संगीतमा रहेको गीतको भिडियो चर्चित मोडल अञ्जली अधिकारी र रविन्द्र प्रताप सेनको नृत्य छ ।

सन्तोष ढकालको निर्देशनमा बनेको चलचित्रलाई तिर्थ कोजु, हरि लामा र हरि थापाले संयुक्त रुपमा निर्माण गरेका हुन् । हरि लामा र हरि थापा यसअघि बिभिन्न चलचित्रको भान्सापट्टीको विभाग हेर्ने गर्थे । निरज कडेँलको सिनेम्याटोग्राफी रहेको चलचित्रको गीतलाई शिव वि.क.ले कोरियोग्राफी गरेका हुन् ।