१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रहरीलाई घुस दिने दुई सवारी चालक पक्राउ

नेपालब्रिटेन संवाददाता
२८ कार्तिक २०७५, बुधबार १३:१६

काठमाडौं । प्रहरीलाई घुस दिने दुई जना सवारी चालक पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले गठ्ठाघर चोकमा चेकजाँच गर्ने क्रममा ना ५ ख ७१८१ नम्बरको ट्रकका चालकले दुई सय रुपैयाँ घुस दिन लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनले रूट प्रमिट कागजको भित्र नगद दुई सय रुपैयाँ घुस राखेर कागजात देखाएको प्रहरीले जनाएको छ । यसैगरी, महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुद्धनगरमा चेकजाँच गर्ने क्रममा गिट्टी बोकेको बा २ ख ८१२९ नम्बरको मिनिट्रकका चालक जित बहादुर तामाङले एक हजार रुपैयाँ घुस दिएपछि उनलाई पक्राउ गरिएको हो । दुबै चालकमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।