१३ बैशाख २०८१, बिहीबार
Follow Us

भैलो खेलेर १० लाख संकलन, नेपाली भाषा कक्षा संचालन गरिने

नेपालब्रिटेन डट कम्
२८ कार्तिक २०७५, बुधबार १४:५६

लण्डन । शान्ति नेपाली समाज बेलायतले भैलो खेलेर संकलन गरेकोे रकमले नेपाली भाषा कक्षा संचालन गरिने भएको छ । समाजकी प्रवक्ता अन्जु पाठकका अनुसार समाजले ६ नोभेम्वर देखि समाजमा रहेका बाल बालिकाहरूलाई नेपाली भाषा सिकाउने कक्षा संचालन गर्ने उद्देश्यले भैलो खेलेको थियो । भैलो खेलेर ७ हजार १ सय ७१ पाउण्ड ( १० लाख रुपैयाँ) संकलन) भएको छ ।
समाजले बर्मिघम, वेष्ट र्वमिनवीच, ग्रेट बरर, किंग्सट्याण्डीगं, यार्रली क्षेत्रमा १ सय ५० घर धुरीमा भैलो खेलेको थियो । प्रवक्ता पाठकले बुधवार एक विज्ञप्ति जारी गर्दै बर्मिङ्घममा रहनुहुने संपूर्ण आमा बुवा ,दाजुभाई ,दिदी बहिनि ,साना नानी बाबु ,महिला ,बृद्ध ,समाजसेवी संस्थाका संस्थापकहरू निबर्तवान सल्लाहाकार एवं कार्यसमितिका सबै पदाधिकारीज्यूहरू साथै संपूर्ण सॉस्कृतिक एवं समाजसेवी महानुभावको उपस्थिथत रहेको जनाएकी छन् । समाजले आर्थिक नैतिक र भौतिक रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभाव प्रति तथा धन्यवाद दिएको छ ।