६ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्वयुवराज पारसको चितवनमा भव्य स्वागत

नेपालब्रिटेन संवाददाता
२९ कार्तिक २०७५, बिहीबार ०९:०६

चितवन । पूर्वयुवराज पारस शाह पश्चिम चितवनका पर्यटकीय क्षेत्रहरुसहित पूर्वी चितवनका सौराहालगायतका स्थानको भ्रमणमा हुनुहुन्छ । उहाँ सौराहा पुग्दा त्यहाँका पर्यटन व्यवसायीर स्थानीयले बाजागाजा, भजनकीर्तन र थारु सांस्कृतिक कार्यक्रमसहित सौराह परिक्रमा गराएका थिए । शाहले स्थानीयको विशाल शोभायात्रा र झाँकीसहित सौराहाको हात्तीचोक हुँदै राप्ती किनारा साईटसम्म पैदल यात्रा गर्नुभएको थियो । त्यस्तै उहाँले सडक बालबालिकाले आश्रय लिएको स्थान मंगलपुरमा पुगेर उनीहरुसँग फुटबल समेत खेल्नुभयो ।

हिन्दू धर्मको बहस उठिरहेको अवस्थामा पूर्व राजपरिवारका सदस्यहरुले अहिले देश-दौडाहा गर्दै नागरिकहरुसँग साक्षात्कार गरिरहेका छन् । पूर्व युवराज्ञी हिमानी शाहले पनि देशका विभिन्न भागको भ्रमण गर्ने क्रमलार्इ दिन थालेको बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवनमा पूर्वयूवराज पारस शाहलाई गरिएको भव्य स्वागत र सत्कारले स्थानीय राजनीतिक दलका नेता-कार्यकर्ता चकित परेका छन् ।

नेपाललाई धर्मनिरपेक्ष घोषणा गरिनु र पछिल्ला समय सत्तारूढ दलका नेताहरूबाटै जनतालार्इ निराश पार्ने खालका काम हुनु लगायत कारणले दलहरूसँग भन्दा राजसंस्थाप्रति जनताको आस्था थप बढाएको चर्चा पनि स्थानीयस्तरमा चलेको छ ।

धेरैले हिन्दूराष्ट्र हुनुपर्ने र राजतन्त्र पुनस्थार्पना गर्नुपर्ने मागसहित खुल्ला रुपमा कार्यक्रम समेत गर्न थालिसकेका छन् । यसले अन्तत: गणतन्त्र र धर्मनिरपेक्षताप्रति जनताको वितृष्णा चुलिने र राजसंस्था ब्युँताउन चाहनेहरूका लागि फाइदा हुने विश्लेषण समेत भइरहेको छ ।

 

पूर्व यूवराज पारस शाह सौराहामा

पूर्व यूवराज पारस शाह सौराहामा

Geplaatst door Kalika FM op Woensdag 14 november 2018