१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन मध्यपूर्व संयोजक आरके शर्मा रिहा

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७५, बिहीबार १८:५९

लण्डन । गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र कुमार (आरके) शर्मा रिहा भएका छन् ।

करिब ४ हप्ता देखी कतारको प्रहरीले नियन्त्रणमा रहेका शर्मा विहीवार रिहा भएको त्यहाँस्थित पत्रकार रवि रोशीले जनाए । रोशीले नेपालब्रिटेन डट कमलाई भने ‘आरके शर्मालाई आज कतार प्रहरीले थुना मुक्त गरेको छ लामो अनुसन्धान पछि उहाँलाई यहाँको अनुसन्धान विभागले निर्दोष ठहर गरेको छ’ ।

गैरआवासीय नेपाली संघका अनुसार गत अक्टोवर १८ तारिखमा शर्मालाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेर पारिवारिक लगायत कसैको पनि पहुँच र प्रत्यक्ष सम्पर्क भन्दा बाहिर राखेको थियो । यसअघि गैरआवासीय नेपाली संघले एक विज्ञप्ति जारी गर्दै शर्माको रिहाईको माग गरेको थियो ।

कतारमा दशैं अगाडि आयोजना गरिएको एक साँस्कृतिक कार्यक्रमको प्रस्तुतिका विषयलाई लिएर गिरफ्तार भएको र सुरक्षित रहेको त्यहाँको प्रहरीले जनाएको थियो ।

उनी सहित कार्यक्रमका आयोजक प्रतिष्ठानका उपाध्यक्ष शक्ति क्षेत्री र कलाकारहरु राम बाबु बोहरा, रित कुमार श्रेष्ठ र कृष्ण ढकाललाई त्यहाँको सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो । शर्मा सहित सबै जना रिहा भएका छन् ।