७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनले देशको समृद्धिका लागि सकृयता देखाउनु पर्छ : संस्थापक अध्यक्ष डा. महतो

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७५, बिहीबार २१:१६

कतार । कतार भ्रमणका क्रममा कतार आईपुग्नुभएका एनआरएनए आईसीसीका संस्थापक अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक डा। उपेन्द्र महतो संग एनसीसी कतारले भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

भेटघाट कार्यक्रममा बोल्ने क्रममा संरक्षक डा. महतोले संघको स्थापना कालको संघर्ष, हालसम्मको एनआरएनए अभियान र यसले प्राप्त गरेका उपलब्धिहरू र भावी लक्ष्यबारे संक्षिप्त जानकारी दिए ।

उनले भने ‘एनआरएनए वास्तवमैं विश्वभरी रहेका नेपालीहरूको साझा संस्था हो र यसको माध्यममबाट आफ्नो देशको समृद्धिका लागि विदेशमा आर्जेका ज्ञान, सीप र पुंजी लगायतका अन्य धेरै कुराहरूलाई सदुपयोग गर्ने साथै एकीकृत गर्न पाउने अवसरको रुपमा संघले कृयाशीलता देखाउनु पर्दछ र देखाईरहेका छन् ।’

कार्यक्रमका सभापति संघका प्रथम उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष तेज कटुवालले कार्यक्रम समापन गर्ने क्रममा बोल्दै संस्थापक अध्यक्ष एबं प्रमुख संरक्षक ज्यू छोटो समयको लागि कतार भम्रणमा रहे पनि संस्था प्रतिको मायाले समय प्रदान गर्दै एनसीसी कतारलाई यो अवसर प्रदान गर्नु भएकोमा हार्दिक आभार व्यक्त गरे ।

एनसीसी कतारका महासचिव बुधवल गुरुङले संचालन गर्नुभएको कार्यक्रममा संघका द्धितिय उपाध्यक्ष सुदर्शन भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाका कार्यवाहक अध्यक्ष तेज कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आईसीसी संस्थापक उपाध्यक्ष डा। देवकाजी डंगोल, मानार्थ परिषद सदस्य टिबि कार्की, नरेन्द्र भाट, आईसीसी पूर्व उपाध्यक्ष सागर नेपाल, आईसीसी पूर्व मध्यपूर्व क्षेत्रीय संयोजक बद्री पाण्डे, आईसीसी सदस्य बिनोद भट्टराई, एनसीसी कतारका पदाधिकारी तथा सदस्यहरू र सल्लाहकारहरूको उपस्थिति रहेको थियो ।