८ बैशाख २०८१, शनिबार
Follow Us

परराष्ट्र सचिव र वेलायतीमन्त्री बीच गोर्खा आन्दोलन वारे छलफल

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७५, बिहीबार २२:१५

लण्डन । वेलायत भ्रमणमा रहेका परराष्ट्र सचिव शंकरदास बैरागीले वेलायतस्थित भूपूगोर्खाहरुको समस्याको वारेमा छलफल गरेका छन् । नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरणका अनुसार बैरागीले वेलायतका आम्र्ड फोर्सेस राज्यमन्त्री मार्क ल्यांकास्टरसंग बुधवार ल्यांकास्टर हाउसमा सो छलफल गरेका हुन् ।

एक साता लामो वेलायत भ्रमणमा आएका बैरागीले यहाँस्थित सरकारी उच्चअधिकारीसंगको भेटघाटलाई तिब्रता दिएका छन् । नेपाली दूतावास लण्डनका अनुसार विभिन्न भेटघाटमा उनले द्धिपक्षीय सम्बन्ध, नेपालको आर्थिक विकास, नेपालमा वेलायतको तर्फवाट उच्चस्तरिय भ्रमण, गोर्खा आन्दोलन, दोहोरो कर लगायतका अजेण्डामा छलफल गरेका थिए ।

यस्तै सचिव बैरागीले एसिया तथा प्रशान्त क्षेत्रका राज्यमन्त्री मार्क फिल्डसंघ विहीवार भेट गरेका छन् । उच्च सरकारी अधिकारीसंगको भेटघाटमा वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी तथा नेपालको लागि वेलायती राजदूत रिचर्ड मोरिस समेत सहभागी थिए । सचिव बैरागी आइतवार नेपाल फर्किने तयारीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

फोटो: नेपाली दूतावास लण्डन