८ बैशाख २०८१, शनिबार
Follow Us

पूर्व प्रधानमन्त्री माधव नेपाल लण्डनमा

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७५, बिहीबार २२:४५

लन्डन । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल लण्डन उत्रिएका छन् ।

नेपाल वेलायतस्थित नेपालीहरुको पहिलो नेपाली संस्था यती नेपाली एशोसिएसनको आयोजनामा लन्डनमा हुने एक कार्यक्रममा सहभागी हुन बेलायत आएका हुन् ।

नेपालको दुर्गमका बालबालिकाको स्वस्थ्य र शिक्षामा सहयोग गर्ने उदेश्यले आयोजना हुने सो च्यारिटी कार्यक्रमका सहभागी हुन् गायक हेमन्त मोक्तान, हांस्य कलाकार मनोज गजुरेल, र मोडल मरिस्का पोखरेल समेत विहीवार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा आइपुगे ।

नेता नेपाल विमानस्थल आइपुग्दा वेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर क्षेत्री, प्रवासी नेपाली मंचका निर्वतमान अध्यक्ष रामशरण सिमखडा, कार्यक्रम संयोजक तथा यती नेपाली एशोसियसन युकेका पूर्वअध्यक्ष उमेश मोक्तान, गैरआवासीय नेपाली संघ युकेका पदाधिकारीहरुले संयुक्त रुपमा स्वागत गरेका थिए ।

यती नेपाली एशोसिएसन युकेका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक उमेश मोक्तानका अनुसार नेता नेपालले आगामी शनिवारका दिन ग्रीनफोर्ड टाउनहलमा हुने च्यारिटी कार्यक्रमलाई सम्वोधन गर्ने छन् ।

नेता नेपाल नेकपा निकट नेपाली जनप्रगतिशील मन्च र प्रवासी नेपाली मन्च बेलायतको आयोजनामा हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रमतय भएको प्रवासी नेपाली मन्चका निवर्तमान अध्यक्ष रामशरण सिमखडाले जनाए । सिमखडाका अनुसार आगामी आइतबार सांझ अल्डरसटस्थित एम्पायर हलमा अन्तरक्रियाको आयोजना गरिएको छ ।