८ बैशाख २०८१, शनिबार
Follow Us

कतार प्रहरीको हिरासतमा रहेका एनआरएनका मध्यपूर्व संयोजक शर्मा रिहा

sarusaru
३० कार्तिक २०७५, शुक्रबार ०२:५४

दोहा । साँस्कृतिक कार्यक्रमको प्रस्तुतिका विषयलाई लिएर गिरफ्तार भएका गैर आवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र कुमार शर्मा रिहा भएका छन्।

एक महिना देखी कतार प्रहरीको हिरासतमा रहेका शर्मालाई प्रहरीले लामो अनुसंधानपछी थुनामुक्त गरेको हो। अनुसंधानले शर्मालाई निर्दोष सावित गरेको छ।

गत अक्टोवर १८ तारिख शर्मालाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेर अनुसंधानको लागि परिवारको प्रत्येक्ष सम्पर्क भन्दा बाहिर राखेको थियो। यसअघि गैरआवासीय नेपाली संघले एक विज्ञप्ति जारी गर्दै शर्माको रिहाईको माग समेत गरेको थियो।

कतारमा दशैं अगाडि आयोजना गरिएको एक कार्यक्रममा उनी सहित कार्यक्रमका आयोजक प्रतिष्ठानका उपाध्यक्ष शक्ति क्षेत्री र कलाकारहरु राम बाबु बोहरा, रित कुमार श्रेष्ठ र कृष्ण ढकाललाई त्यहाँको सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो भने अनुसन्धान पछी शर्मा सहित सबै जना रिहा भएका छन्।
डिसी नेपाल