१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चीनका लागि प्रस्तावित राजदूत पौडेलसँग मागियो सम्पत्ति विवरण

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७३, बुधबार १२:५३

काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीन वटा उजुरी परेको छ । समितिको आज बसेको बैठकमा उपाध्यायविरुद्ध परेका उजुरी अध्ययनका लागि सदस्यहरुलाई वितरण गरिएको हो । सरकार ढाल्न सक्रिय भएको आरोप लगाउँदै केपी ओली नेतृत्वको सरकारले उपाध्यायलाई फिर्ता बोलाएको थियो । तर, कांग्रेसको समर्थनमा बनेको वर्तमान सरकारले उपाध्यायलाई फेरि भारतकै लागि राजदूत सिफारिस गरेको हो । समितिमा चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौडेलविरुद्ध भने लिखित उजुरी परेको छैन । पौडेल पूर्वमुख्य सचिव हुन् । समितिले प्रस्तावित दुबै राजदूतसँग १२ गते सुनुवाइ गर्ने तयारी गरेको छ । विशेष समितिले न्यायपरिषद सदस्यका लागि प्रस्तावित रामप्रसाद सिटौलाविरुद्ध दस दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय पनि गरेको छ ।