१२ बैशाख २०८१, बुधबार
Follow Us

पिटरवरोमा निशुल्क नेपाली भाषा कक्षा सुरु

नेपालब्रिटेन डट कम्
१ मंसिर २०७५, शनिबार १६:०३

पिटरवरो । पिटरवारे नेपाली समाजले नेपाली बालबालिकाको लागि नेपाली भाषा कक्षा संचालन गरेको छ । समाजका अध्यक्ष शिव भण्डारीका अनुसार गत शनिवार देखी सुरु भएको भाषा कक्षामा ३६ जना विद्यार्थी रहेका छन् । नेस्नल लोट्टोको आर्थिक सहयोगमा संचालित सो भाषा कक्षा नेपाली विद्यार्थीहरुको लागि निशुल्क प्रदान गरिएको हो ।

समाजका महासचिव हरिहर भट्टराईले विद्यार्थीहरुको पढाईका अतिरिक्त लन्च रिफ्रेसमेन्टको समेत व्यवस्था गरिएको जनाए । समाजले नेपाली कला तथा सांस्कृतिको जर्गेना गर्ने उदेश्यले नेपाली नृत्य कक्षा पनि संचालन गरेको अध्यक्ष भण्डारीले जनाए ।

नेपाली भाषा शिक्षिका सन्ध्या बरालले नेपाली बालबालिकाहरु भाषा सिक्न निकै उत्साहित भएको वताइन् । अहिले नेपाली वर्णमालाबाटै सिक्न थालेका छन् निकै रमाइलो मानेर पढ्दैछन् बरालले भनिन् । नेपाली नृत्य प्रशिक्षण ज्योती राजभण्डारीले दिएकी छन् ।