१५ चैत्र २०८०, बिहीबार
Follow Us

वडाध्यक्ष मृत फेला

sarusaru
२ मंसिर २०७५, आईतवार ०१:४५

मेलम्ची : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् ।

शुक्रबार राति ३ बजे घरबाट निस्कनुभएका अध्यक्ष श्रेष्ठ इन्द्रावतीनदीमा डुबेको अवस्थामा शनिबार दिउँसो फेला परेका हुन् । श्रेष्ठले हाम फालेको या डुबेको के हो भन्ने अहिलेसम्म थाहा नभएको वडा सदस्य बखान तामाङले जानकारी दिनुभयो ।

घटनाको वास्तविकता बुझ्नका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ जान लागेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विमलराज कँडेलले जानकारी दिनुभयो ।
रासस