१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेकपाको सचिवालय बैठक मंसिर ६ गते बस्ने

नेपालब्रिटेन संवाददाता
२ मंसिर २०७५, आईतवार ०५:०६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आगामी शुक्रबार बस्ने भएको छ । कार्तिक पहिलो सातादेखि बस्न नसकेको सचिवालय बैठक मंसिर ६ गतेका लागि बोलाइएको हो ।

सचिवालय बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला संगठन गठन, केन्द्रीय सदस्यको कार्य विभाजनलगायत प्रस्ताव तयार हुने र लगत्तै स्थायी समिति बैठक बोलाई अनुमोदन गराउने तयारी नेकपाको छ । बैठक बस्न नसक्दा पार्टी एकता प्रक्रिया अलमलमा परेको छ ।

तीन महिनाभित्र एकता प्रक्रिया टुग्याउने भनेपनि छ महिना वित्दा पनि नेकपाको तल्लो तहसम्मको एकिकरण हुन सकेको छैन । सचिवालय बैठक बस्न नसकेका कारण लामो समयदेखि स्थायी समिति बैठक समेत बसेको छैन ।

असार २१ गतेपछि नेकपाको स्थायी समिति बैठक बसेको छैन । शुक्रबारको सचिवालय बैठकले स्थायी समिति बैठकका एजेन्डा र मिति निर्धारण गर्ने बताइएको छ ।