१२ बैशाख २०८१, बुधबार
Follow Us

इतिहासकार प्राडा कमलप्रकाश मल्लकाे अमेरिकामा निधन

नेपालब्रिटेन संवाददाता
२ मंसिर २०७५, आईतवार १०:००

काठमाडौं । प्रखर बौद्धिक व्यक्तित्व इतिहासकार, प्राध्यापक डा. कमलप्रकाश मल्लको निधन भएको छ । प्राडा मल्लको पारिवारिक स्राेतकाे अनुसार अमेरिकाको अटलान्टामा गत राति ११:५० मा निधन भएको हाे

लामो समयदेखि स्नायुसम्बन्धी रोग ‘पार्किन्सन्स’ र विस्मृतिको ‘अल्जाइमर्स’ बाट ग्रसित थिए ८३ वर्षीय प्राडा मल्ल । १९९३ सालको लक्ष्मी पूजाको दिन काठमाडौँमा जन्मिएका प्राडा मल्ल त्रिभुवन विश्वविद्यालयक पूर्व शिक्षाध्यक्ष हुन् ।

प्राडा मल्लले भाषाविज्ञान, नेपालभाषासँगै विविध भाषा, नेपाल संवत, संस्कृति र इतिहासमा वैकल्पिक अध्ययन र गहन लेखनलाई धार दिएका थिए । मल्लका दुई छोराछोरी र श्रीमती अमेरिकामा छन्। उनको मंगलबार अमेरिकामै अन्त्येष्टी गरिनेछ।