१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेकपा बैठकमा सरकारका कामको समीक्षा हुने

नेपालब्रिटेन संवाददाता
२ मंसिर २०७५, आईतवार १३:०८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले सरकारले जनताका चाहना र आकाङ्क्षा पूरा गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

यहाँ आज आयोजित साक्षात्कारमा नेता सापकोटाले सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने बताउँदै नेकपाको सचिवालय र स्थायी समितिको अब बस्ने बैठकमा सरकारले आठ महीनामा गरेका कामका बारेमा समीक्षा हुने जानकारी दिनुभयो । सरकार अन्तर्राष्ट्रिय तथा द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन सफल भएको विचार पनि उहाँले व्यक्त गर्नुभयो ।

राजनीतिक विश्लेषक प्रा डा सुरेन्द्र केसीले वर्तमान सरकारले नौ महीनामा चाहेजति काम गर्न नसकेको तथा मुलुकमा उद्योग तथा लगानीको वातावरण बन्न नसकेको पनि विचार राख्नुभयो । ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही तथा यातायात व्यवसायमा एकाधिकार प्रणाली हटाउने जस्ता सरकारको प्रयास प्रभावकारी नभएको उहाँको भनाइ थियो ।