१६ चैत्र २०८०, शुक्रबार
Follow Us

टिचिङको निर्देशक पदमा तीनजना सिफारिश

sarusaru
३ मंसिर २०७५, सोमबार ०३:०८

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको नयाँ निर्देशक पदमा वरिष्ठताका आधारमा अस्पतालमा सेवारत तीनजना चिकित्सकको नाम सिफारिश गरिएको छ।

अस्पतालका तत्कालीन निर्देशक प्रा डा दीपक महराले आफ्नो कार्यकाल समाप्त भई पदबाट राजिनामा दिएपछि सो पद रिक्त रहेको थियो । निर्देशक छनोट समितिको आज यहाँ बसेको बैठकले प्रा डा प्रेम खड्का, प्रा डा वाइपी सिंह र प्रा डा सुशील शिल्पकारलाई नाम सिफारिस गरेको बताइएको छ।

त्रिविवि, चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा डा जगदिश अग्रवाल संयोजक रहनुभएको निर्देशक सिफारिस समिति गठन भएको थियो । सो समितिमा प्रा डा प्रदीप ज्ञवाली र प्रा डा अभिमन्यु झा रहनुभएको थियो । त्रिविवि कार्यकारी बैठकले सिफारिसमध्ये एक जनालाई चयन गर्ने छ ।

सहमतिका आधारमा तीन जनाको नाम सिफारिस गरिएको निर्देशक चयन समितिका एक सदस्यले राससलाई जानकारी दिए । चिकित्सा विज्ञानको अध्ययन अध्यापनमा संस्थान दक्षिण एशियामा नै अब्बल रहेको छ।
डिसी नेपाल