८ बैशाख २०८१, शनिबार
Follow Us

लण्डनमा मनाइयो छठ (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७५, सोमबार ०८:०३

लण्डन । वेलायतवासी नेपाली समुदायले छठ पर्व मनाएका छन् । एसोसिएसन अफ नेप्लिज मधेसी सोसाइटीको आयोजनामा आइतवार लण्डनमा छठ मनाएको हो । कार्यक्रममा भुतपूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, वेलायतका लागि नेपाली राजदुत दुर्गा वहादुर सुवेदी, समाजसेवी डा. राघव घिताल, एनआरएन युकेका महासचिव राजकुमार त्रिपाठी, एनआरएनए केन्द्रिय सदस्य रामशरण सिमखडा लगायतको उपस्थिती थियो । छठ पर्वमा उपवास बस्नेदेखि अन्य सबै तयारी महिलाहरूले नै गर्छन्।

व्रतालु महिलाहरू दिनभरी उपवास बस्ने र राती प्रसाद ग्रहण गरेपछि सप्तमीको व्रत सम्पन्न गरी मात्र भोजन ग्रहण गर्छन्। छठ पर्व विभिन्न लोकमान्यतासित जोडिएको छ। तराइमा मात्र मानिने छठ पर्व अब देश तथा विदेशमा समेत विस्तार भइसकेको छ। हरेक वर्ष व्रतालुहरूको संख्या बढदो छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने एकमात्र पर्व छठ हो।

 


फोटो : शिव भण्डारी