८ बैशाख २०८१, शनिबार
Follow Us

मेची-महाकाली रेल गुड्छ: पूर्व प्रधानमन्त्री माधव नेपाल

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७५, सोमबार १६:२०

लण्डन । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधव कुमार नेपालले वर्तमान सरकारले विकासको गतिलाई बढाउदै लैजाने वताएका छन् । उनले नेपालमा रेल संचालन गर्न भारतको जयपुर देखी जनकपुरसम्म लिग जोड्ने काम भैसकेको वताए । प्रबासी नेपाली मन्च युके र नेपाली जनप्रगतिशिल मंच युकेको संयुक्त आयोजनामा आइतबार अल्डरटमा भएको अन्तक्रियामा बोल्दै नेता नेपालले पुर्व मेची देखी पश्चिम महाकाली सम्म रेल गुड्ने दावी गरे । नेता नेपालले रेलका आतिरिक्त पुर्व देखी पश्चिम सम्म ६ लेनको बाटोले जोड्ने तयारी भैरहेको वताए । उनले हुलाकी राजमार्गको काम विस्तारै अगाडि बढेको वताए । उनले राष्ट्रिय महत्वका आयोजनाको काम तिब्र गतिमा बढेको वताए ।

उनले नेपालीको बर्तमान राज्नैतिक परिस्थिति, पार्टी एकता, गैरआवासीय नेपाली, भुपु गोर्खा सैनिकहरु बारेमा वोलेका थिए । कार्यक्रममा नेता नेपालसंग उपस्थिति विभिन्न संघसँस्थाका प्रतिनिधि लगायतले आआफ्ना जिज्ञासा राखेका थिए । कार्यक्रमलाई वेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीले समेत सम्वोधन गरेका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्य, प्रवासी नेपाली मञ्चका संस्थापक अध्यक्ष आङकलजङ लामा, पुर्वअध्यक्षहरु दिनेश घिमिरे रामशरण सिम्खडा,नेपाल जनप्रगितिशिल मञ्चका युके अध्यक्ष ठाकुर, शर्मा पुर्व नेकपा माओबादी एकीकृतका केन्द्रिय सदस्य कर्ण शाही , गैरआवासीय नेपाली संघ युके अध्यक्ष योग कुमार फगामी, प्रवासी नेपाली मञ्चका सल्लाहकार, भुपु सैनिक सङठन गेसोका अध्यक्ष कृष्ण कुमार राई, नेपाली जनसम्पर्क समिति युकेका अध्यक्ष युवराज गुरुङ लगायतको उपस्थिती थियो ।

कार्यक्रमको अध्यक्षता प्रबासी नेपाली मन्च युकेका कार्यबाहक अध्यक्ष रामजी बरालले गरेका थिए भने संचालन महासचिव बिजय लिम्बले गरे ।

कार्यक्रममा नेपाल जनप्रगतिसिल मन्चका कार्यवाहक अध्यक्ष ठाकुर शर्मा स्वागत मन्तव्य दिए ।