१३ बैशाख २०८१, बिहीबार
Follow Us

लाइफ कोच इन्द्र गुरुङलाई बेलायतमा भ्याइनभ्याइ

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७३, बुधबार १७:४३

लन्डन– लाइफ कोच इन्द्र गुरुङलाई अहिले भ्याइ नभ्याइ छ । मनोविज्ञान मार्फत मानिसको जीवन रुपान्तरण गर्न सक्ने दक्ष गुरुङ अहिले बेलायतमा चर्चाको शिखरमा छन् । आफ्नो ब्यवसायीक तालिमका लागि बेलायत भित्रिएका गुरुङले नेपालको महाभूकम्प पछि हजारौंको संख्यामा रहेको पीडितलाई मनोविज्ञानको काउन्सिलीङ गरेर निको पारेका थिए । फायरवाक (आगोमा हिंड्ने) को लाइसेन्स लिन उनी बेलायत आएका हुन् ।

आफ्नो तालिम बाहेक हरेक दिन जस्तो ब्यक्तिगत तथा सामूहिकरुपमा आउनेहरुको भिड लाग्छ उनकोमा । यसै हप्ता नेपाल फर्किने योजनामा रहेका गुरुङले आफ्नो बचेखुचेको समय बेलायतस्थित नेपाली समूदायमा खर्चिएर सयौंको संख्यामा काउन्सिलीङ गरे ।

उनले गत आइतबार दन्किरहेको आगोमा चार दिन हिंडेर बेलायती लाइसेन्स लिए । पिटरबरोस्थित फायर वाक इन्सटिच्यूट अफ एजुकेशन एण्ड रिसर्चबाट उनले लाइसेन्स लिएका हुन् ।

१८ सेप्टेम्बरमा प्रोफेशनल फायरवाकिङ इन्सट्रक्टर ट्रेनिङ सफतापूर्वक सकेर सर्टि्फिकेट लिएपछि गुरुङ नेपालमा आगोमा हिंड्न सिकाउने पहिलो राष्ट्रिय प्रशिक्षक भएका छन् । यस्तै ब्यस्त सयमका बीच गत आइतवार अल्डरशटस्थित एम्पायर हलमा सयौंलाई एकै थलोमा राखेर काउन्सिलीङ गरे ।

बेलायतका लागि कार्यवाहक राजदूत शरदराज अरन सहित एनआरएन नेताहरु सहभागीकार्यक्रममा मानिसको हार्ट, इमोसन्स्लाई सर्भि्सिङ (सफा) गर्ने, जीवनलाई सकारात्मक रुपमा लिनुपर्ने र खराब मानसिकता दिमागबाट हटाएर मानिस कसरी सुखी हुने भन्ने बिषयमा आफ्नो प्रस्तुति दिए । सो कार्यक्रम संयोजन तथा एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङले सहभागीहरु गुरुङको प्रस्तुतीले निकै भावुक भएको बताए ।

गुरुङ एनआरएनए यूके विजनेश डेभलप्मेन्ट फोरमले बुधबार सांझ प्लमस्टिडमा र आइतवार गोर्खाली समाज यूकेले अल्डरशटमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुने योजनामा छन् ।