६ बैशाख २०८१, बिहीबार
Follow Us

पप्पु कन्स्ट्रकसन कालो सूचीमा

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०७५, मंगलवार ०८:४८

काठमाडौं । पप्पु कन्स्ट्रकसन कम्पनीलाई सरकारले कालो सूचीमा राखेको छ । सार्वजिनक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई खरिद कार्यमा सहभागी हुन रोक लगाएको हो । ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिक्टा सिंचाइ आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो ।

सिक्टाको सिफारिस अनुसार कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई कुनै पनि टेण्डर प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाइएको हो । मंगलबार कार्यालयले जारी गरेको सूचनामा सिक्टा आयोजनाले गरेको उजुरी अध्ययन गर्दा पप्पु कन्स्ट्रक्सनलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी पर्न सक्ने देखिएको उल्लेख छ ।

पप्पुलाई थप जिम्मेवारी दिँदा त्यसबाट अबरोध सिर्जना भई सर्वसाधारणमा थप हानि हुने भन्दै कारबाही प्रकिया टुँगो नलागेसम्म उक्त कम्पनीलाई खरिद कार्यमा सहभागी हुन रोक लगाएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

पप्पुले सन् २०१६ जुन २० मा ९८ करोड ८१ लाखमा २३ किलोमिट लामो डुडुवा नहर बनाउन सिक्टा सिँचाइसँग ठेक्का लिएकोमा सम्झौता अवधि सकिँदासम्म ७ प्रतिशत मात्र काम गरेको आयोजना कार्यालयल बताएको छ ।