सीता अधिकारी, प्रमुख, कालिका गाउँपालिका (रसुवा)

रसुवाको कालिका गाउँपालिका प्रमुख सीता अधिकारीकोे जीवन संघर्षमय छ । सुरुका दिनमा शिक्षण पेसामा आवद्ध सीता शिक्षण पेसा छाडेर इजरायल पुगिन् । पाँच वर्ष इजरायल बसेपछि उनी राजनीतिमा होमिइन् । नेपाल महिला संघ रसुवाको सचिव, नेपाली कांग्रेस रसुवाको जिल्ला समितिमा रहेर कामसमेत गरिन् । स्थानीय निवार्चन हुने भएपछि एक वर्षका लागि अस्टे«लिया होमिएकी सीता सात महिनामै नेपाल फर्किइन् । स्थानीय निर्वाचनमा कांग्रेसले उनलाई टिकट दिएन । उनलाई एमालेले उम्मेदवार बनायो । कांग्रेस उम्मेदवारलाई पराजित गर्दै उनी विजयी भएकी हुन् । उनीसँग सिर्जना अर्यालले गरेको कुराकानी :

० गाउँपालिका प्रमुखले केलाई महत्व दिनुपर्दो रहेछ ?
– लामो समयपछि स्थानीय निवार्चन भएको हो । गर्न‘पर्ने धेरै छ, विभिन्न छलफल, भेटघाटलगायतका गाउँपालिका योजना निर्माण र कार्यक्रममा व्यस्त हुनुपरेको छ ।

० शिक्षण पेसा छोड्नु भएछ नि ?
– हो, मैले शिक्षण पेसा छोडेको हुँ । २०५० सालदेखि पढाउन थालेकी थिएँ । म त्यतिखेर शिक्षक संघ रसुवाको कार्यसमिति रहेर पनि काम गरेकी थिएँ, सोही क्रममा हामीले होटल व्यवसाय पनि चलाएका थियौं । तत्कालीन द्वन्द्वले व्यवसाय बन्द गर्न‘प¥यो । होटल पनि राम्रो नै चलेकाले दुई बच्चालाई काठमाडौंमा राखेर पढाएका थियौं । होटल बन्द भएपछि मेरो जागिरले मात्र त्यो सम्भव थिएन । त्यतिखेर इजरायलमा महिलाका लागि राम्रो कोटा आएको जानकारी पाएँ, शिक्षकबाट राजीनामा दिएर विदेशिएँ ।

० कति बस्नु भयो इजरायल ?
– पाँच वर्ष बसें । गएको तीन वर्ष भएपछि श्रीमान् बलराम अधिकारीलाई पनि उत्तै लगें । बुवाआमा नै विदेशिएपछि, बच्चाको अवस्था के होला भनी म भने दुई वर्षमा फर्किएँ । त्यसको तीन वर्षपछि श्रीमान्लाई हृदयघात भयो । उहाँको इजरायलमैै निधन भयो । मेरो जीवनमा ठूलो बज्रपात प¥यो । जस्तो परे पनि आखिर सहनै पर्नेरहेछ । छोरा विक्रम र छोरी बीनाले मेरो पीडामा साहस थपे । उनीहरूका कारण पनि मेरो जीवन ऊर्जावान नै रह्यो । म नेपाल फर्केपछि सामाजिक काममा सक्रिय थिएँ । भाइ अस्ट्रेलियामा बस्छ, म पनि त्यत्तै गएकी थिएँ । सात महिनामै फर्किएँ ।

० नेपाल किन फर्किनुभयो ?
– लामो समयपछि स्थानीय निर्वाचन हँुदै थियो, यो निर्वाचन हाम्रै लागि हो, मेरो बुवा दुर्गाप्रसाद पौडेल पूर्वप्रधानपञ्च पनि हुनु भएकाले त्यसको प्रभाव ममा पनि थियो । नेपाल महिला संघ रसुवाको सचिव, कांग्रेस जिल्ला कार्यसमितिमा रहेर काम गरेको अनुभव पनि मसँग थियो । त्यसैले पार्टीको पनि सपोर्ट हुन्छ भन्नेमा थिएँ । स्थानीय निवार्चनमा उम्मेदवारी दिन्छु भन्ने अठोटका साथ नेपाल फर्किएँ ।

० एमालेबाट उम्मेदवार बन्नुभयो नि ?
– कांग्रेसमा टिकटका लागि पहल पनि गरें, हाम्रो परिवार बहुदल आएपछि कांग्रेसमा सक्रिय थियो, टिकट कांग्रेसबाटै पाउँछु भन्ने पनि लागेको थियो । तर कांग्रेसका गुटउपगुटका कारण टिकट पाउने सम्भावना मलाई लागेन । मेरो विद्यालय पढ्दादेखिकै सहपाठी पूर्वसांसद जनार्दन ढकाल र एमालेका तत्कालीन केन्द्रीय सदस्य माधव अर्यालसँग कुरा राखें । उहाँहरूले एमालेबाट उठ्छौ भन्ने हामी टिकट दिलाउन सक्छौ भन्नुभयो । २३ वर्ष नेपाली कांग्रेसमा सक्रिय रहेँ । अन्ततः कांग्रेस छोडेर एमाले प्रवेश गरेँ । एमाले प्रवेश गरेको डेढ महिनामै गाउँपालिका प्रमुखको टिकट पाएँ ।

० प्रमुखमै दाबी गर्नुभएछ नि ?
– प्रमुखमा हामी महिला उत्रन सक्नुपर्छ, निर्णायक तहमा हामीले पनि दाबी गर्न सक्नुपर्छ, स्थानीय निवार्चनकै आंकडा हेर्ने हो भने ठूलो पार्टीको प्रमुखमा उठेका महिलाले जित्नुभएको छ । अवसर दिनुपर्छ, हामी काम गर्न सक्छौ ।

० एमालेबाट जित्नुको कारण ?
– म त्यही ठाउँमा हुर्केबढे, विवाह पनि त्यहीँ नै भयो । पदमा नरहँदा पनि जनताको साथमा म थिएँ । स्थानीय निर्वाचनमा पार्टी होइन, व्यक्ति हेरिँदो रहेछजस्तो लाग्छ ।

० प्रमुख हुँदा कस्तो महसुस भयो ?
– धेरै खाले अनुभवहरू छन् । गाउँपालिकाको समग्र विकासमा हामी सबै प्रतिबद्ध छौं । अन्य पार्टीबाट विजय प्रतिनिधिबीच पनि सहकार्य र सहमतिमै काम गरेका छौं । पितृसत्तात्मक समाज भएकाले परिवर्तन अझै हुन सकेको छैन ।

० के–के गर्दै हुनुहुन्छ ?
– शिक्षा, स्वास्थ्य, पर्यटकीय क्षेत्रलगायतमा हामीले ध्यान दिइरहेका छौं । सामुदायिक विद्यालयको गुणस्तरका साथै भौतिक संरचनामा निर्माणमा पनि हामी लागिरहेका छौ । स्वाउवारी लौकिल क्षेत्र पर्यटकीय गन्तव्य बनाउन पहल गरेका छांै । नेपाल तिब्बत लडाइँ हुँदादेखिकै प्रमुख मन्दिर कालिका मन्दिर जसको नामबाटै गाउँपालिका रहेको छ, यसको संरक्षणमा पनि हामी लागेका छौं ।

० छोराछोरी के गर्छन् ?
– छोरा बुहारी अस्टे«लिया बस्छन् । छोरीले नेपालमै केही गर्छ‘ भनेर ट्राभल एजेन्सी चलाएकी छ । छोरीलाई पनि लगानी गरिदिनुपर्छ, उनीहरूले चाहेको गर्न पाउनुपर्छ । अवसर पाए छोरीले राम्रो काम गर्न सक्छन् ।

० महिलाको अवस्था कस्तो छ ?
– अन्य ठाउँका नेपाली महिलाको सरह नै छ । तर विभिन्न संघसंस्थाले महिलाको सशक्तीकरणका लागि काम गरेका कारण महिलाको अवस्था सन्तोषजनक नै छ । हाम्रोमा महिला अधिकार मञ्च धेरै काम गरेको छ । महिला दिदीबहिनी समूहका, सहकारीका माध्यमबाट सशक्त हुनु पनि भाको छ । तर हिंसा परेको छु भनेर खुलेर अझै पनि महिला दिदीबहिनी आउन सक्नुहुँदैन, परिवारको इज्जत जान्छ भनेर हिंसा सहेर नै बस्छन् ।