June 3, 2020
11:19 PM | 4:04 AM

पुलबाट खसेर एक जनाको मृत्यु

  21st November 2018 मा प्रकाशित

चितवन – भरतपुर महानगरपालिका–२६ खद्रयौलीमा आज बिहान पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीय सूर्यबहादुर कुमाल रहेका छन् ।

इलाका प्रहरी कार्यालय दिव्यनगरका प्रहरी नायब निरीक्षक पदम वस्ताकोटीका अनुसार मादक पदार्थ सेवन गरी भङ्गाहा पुलमाथि सुतेका कुमाल पुलबाट खसेका हुन् । कुमाल यसअघि पनि सोही पुलमा आएर सुत्ने गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
रासस

प्रतिक्रिया